दफा
अध्यागमन सम्बन्धी अपराधको तहकिकात

(१) यो ऐन र यस ऐन अन्तरगत बनेको नियम विपरीत कुनै अपराध भए गरेको वा हुन लागेको कुरा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभाग वाकार्यालयलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले सो सम्बन्धी
अपराधको तहकिकात र कारवाही गर्नेछ ।

(२) उपदफा (१) बमोजिमको अपराधको तहकिकात गर्दा वा सवूद प्रमाण संकलनगर्दा अपराधमा संलग्न व्यक्तिलाई गिरफ्तार गर्ने, अपराधको सम्बन्धमा जुनसुकै स्थानकोखानतलासी लिन, अपराधसँग सम्बन्धित कागजात वा अन्य माल वस्तु आफ्नो जिम्मामा लिनतथा सर्जमिन मुचुल्का तयार गर्न समेत प्रचलित कानून बमोजिम प्रहरीले पाए सरहको सबै
अधिकार अध्यागमन अधिकृतलाई प्राप्त हुनेछ । त्यसरी तहकिकात गर्दा अध्यागन अधिकृतले अभियुक्तलाई बयान गराई मनासिब आधार भएमा तारेखमा राख्न, धरौट वा जमानत लिई छाड्नवा अदालतको अनुमति लिई पच्चीस दिन सम्म थुनामा राख्न सक्नेछ ।
तर अध्यागमन अधिकृतले अपराधको तहकिकात शुरु गर्ने वित्तिकै सोको जानकारी
महानिर्देशकलाई दिनुपर्नेछ । (२क.) उपदफा (२) बमोजिम धरौट वा जमानत दिनुपर्ने अभियुक्तले धरौट वा जमानत
दिन नसकेमा निजलाई थुनामा राख्न सकिनेछ ।

(३) उपदफा (२) बमोजिम तहकिकात गर्दा अध्यागमन अधिकृतले आवश्यक परेमा
सरकारी वकीलको परामर्श लिन सक्नेछ ।